Array

धानबालीमा लाग्ने प्रमुख रोगहरु त्यसको लक्षण र रोकथामका उपायहरु

धानबालीमा लाग्ने प्रमुख रोगहरु त्यसको लक्षण र रोकथामका उपायहरु

धान हाम्रो देशमा खेती गरिने विभन्न प्रमुख अन्नबाली मध्ये एक हो ।  अरु अन्नबालीहरु जस्तै यसमा पनी विभिन्न रोगहरुका संक्रमण हुन्छ ।धानबालीमा ढुसी संक्राणु र विषाणु को संक्रमणद्धरा बिभिन्न रोगहरु लाग्दछ ।विभिन्न पोषणतत्वको कमीका कारण पनि रोगहरु देखा पर्दछन् । धानबालीमा रोगको प्रकोपले सरदर १० प्रतिसत र एकदमै बडी अथवा उग्र प्रकोप भएमा ५० देखि ९० प्रतिशतले उत्पादनमा ह्रास आउछ ।

धानबालीमा लाग्ने प्रमुख रोगहरु निम्न प्रकारका छन्:

(क)डडुवा रोग:

लक्षणः

यस रोगमा पातमा डडेको जस्तो देखिने मुख्य लक्षण हो । यस रोगमा पात दुबै किनारा तिर टुप्पो बाट तलतिर बढ्दै आएका धर्साहरु देखिन्छन् । त्यसैगरि रोग ग्रस्त भागहरु सुक्न थाल्दछन् र पातको टुप्पो पनि बटारिन्छ ।पछि यस्ता धर्साहरु जोडिएर सेतो धब्बा बन्दछ । यो रोग नियन्त्रण गर्न बिभिन्न उपायहरु अपनाउनुपर्दछ ।

रोकथामका उपायहरु:

  •    प्रमाणीतबिउको प्रयोग ।
  •    बिउलाई यग्रिमाईसिन १०० को ०.०२५ प्रतिशतको घोलमा १२ घण्टा सम्म डुबाउने र सो बिउलाई ५२ देखि ५४ डिग्री सेल्सीयस तापक्रम भएको पानीमा ३० मिनेट सम्म राखी बिउको उपचार गर्नु पर्दछ ।
  •     पानीजम्ने खेतमा यो व्यापक हुने भएकाले पानीको राम्रो निकास गदै, पानीलगाउदै गर्नुपर्दछ ।
  •     युरियाको प्रयोगले यस रोगलाई बडवा मिल्ने भएकाले यसको सहि मात्रामाप्रयोग गर्न जरुरी छ ।
  •     यदि रोग देखा परिहालेमा युरियाको प्रयोग बन्द गर्नु पर्दछ ।

(ख) मरुवा:

लक्षणः

यो रोग लग्दा शुरुमा विरुवाको पातमा हल्का स-साना निलो रङ्गका दाग वा टाटाहरु देखिन्छन् । त्यसैगरि पुराना पातहरुमा दागहरु वृताकार नै हुन्नछन् तर नया पातहरुमा दागहरु ठुलाठुला हुदै ०.५ देखि कयौँ से.मि. सम्मलामा र करिव १ से.मि. चौडा डुङ्ग वा आखा आकारका बन्दछन् । यस्ता दागहरुको बहिरी किनारा गाडा खैरो रङ्गको हुन्छ । त्यसैगरि दागको मध्ये भागमा पानीले भिजेको जस्तो देखिन्छ । यो रोगको लक्षण हाल डाठ, दाना र भुसमा पनि देखिन्छ ।

रोकथामका उपायहरु:

  •        रोग अवरोधक जातहरुको प्रयोग जस्तैः चैते, राधा १२, सरजु आदि ।
  •        रोप्नु भन्दा अघि डुसी नासक विषदीको प्रयोग जस्तैः थिराम, क्याप्टन आदि र रोग देखियको खण्डमा हिस्टोसान, वेन्जोनिल, डाइथेन, टिल्ट जस्ता विषदीको प्रयोग गर्दा प्रविधिको सल्लाह अनुसार प्रयोग गर्नुपर्दछ ।

(ग) खैरा रोगः

लक्षणः

यो रोग जस्ता (जिंक) तत्वको कमीले देखिने रोग हो । यो रोग लागेमा पातहरुको अधारमा मुख्य नसाको दुबै सतहमा पहेलो हुन्छ । त्यसैगरि पातको बाँकी भागमा स-साना खैरा दागहरु पनि देखिने गर्छ । पछि दागहरु बढ्दै गई पुरा पातको सतह नै ढाक्छन् र एकदमै कमी भएको खण्डमा बाली उत्पादन हुदैन् ।

रोकथामका उपायहरु:

  •  यो रोग निदान गर्न खेतबारीको माटो परिक्षण गरी जिंकको कमी छ वा छैन पत्ता लगाउनु पर्दछर कमी भएमा २५ कि.ग्र. जिंक सल्फेट प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्दछ ।
  •  खडा बालीमा रोगको लक्षण देखापरेमा प्रति हेक्कटरमा करिब ५ कि.ग्र. जिंक सल्फेट र २० कि.ग्र. युरिया १००० लिटर पानिमा मिसाई र्छकनुपर्दछ । यसरी पहिलो पटक र्छकेको १० दिनपछि फेरि र्छकनु पर्दछ ।

(घ)हरियो पोके:

लक्षणः

यो रोग एक विषेश प्रकारको ढुसी बाट लाग्दछ । यो रोग लाग्दा बालाका केहि दानाहरु मात्र रोग ग्रस्त देखिन्छन् । संक्रमित दाना ठूलो मखमली हरियो पोकाको रुपमा परिवर्तन हुन्छ । यी पोकाहरु समान्य दाना भन्दा दोब्बर ठुला हुन्छन् । यो रोग बालामा केहि केहि देखिय पनि यस रोगबाट ४४ प्रतिशत सम्मउत्पादन घटेको पाइएको छ । यो रोग नियत्रणका बिभिन्न उपायहरु छन् ।

रोकथामका उपायहरु:

  •     प्रमाणीत अथवा रोग रहित बिउको प्रयोग ।
  •    प्रतेक बर्ष लाग्ने खेतमा दुई—तिनबर्ष सम्म बाली चक्र अपनाउनु पर्दछ ।
  •     गृष्मकालिन जोताइ राम्रो सँग गरेमा माटोमा रहेका बिभिन्न रोगजनक ढुसीहरु नष्ट हुन्छन् ।
  •     यदि रोग लागिहालेको खण्डमा डाइथेन, टिल्ट जस्ता  ढुसी नासक बिषदीको प्रयोग राम्रो हुन्छ ।
  •    बाली डोलिन सुरु हुने बेलामा र बाला पूर्ण रुपमा निस्कीसके पछि गर्नु उचित हुन्छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles