धानको उत्पादनोपरान्त भण्डारण तथा व्यवस्थापन

शारदा गोराथोकी

धानको उत्पादनोपरान्त भण्डारण तथा व्यवस्थापन

नेपालमा उत्पादनोपरान्त हुने ह्रास अन्य मुलुकको तुलनामा बढी भएको पाइन्छ । खाद्यबालीमा करिब १० देखि १५ प्रतिशत उत्पादनोपरान्त ह्रास भएको पाइन्छ । धान बाली काटे देखि भण्डारण सम्म उत्पादनमा ह्रास हुने भएकाले नोक्सानी कम गर्न काट्ने बेलादेखिनेै ध्यान पुराउनु पर्दछ ।
बाली काट्दा ८० प्रतिसत जति बाला पहेलो भएर नुगेपछि धान काट्न उपयुक्त हुन्छ । धान बाली काटेको समयमा दानामा करिव २० देखि २५ प्रतिशत चिस्यान रहने हुदा यसलाइ काटेपछि २/३ दिन घाममा सुकाइ चुटानी गर्नु पर्छ । यसो गर्दा दानामा भएको चिस्यानको मात्रा कम हुन गई चुटानी गर्दा बालाहरुबाट धान सजिलै सँगै झर्ने र नकाटिने हुन्छ । चुटानी गर्न ढिलो गर्दा धान खेतमै झरि नोक्सानि हुने गर्दछ । गुणस्तरिय बिउ उत्पादनको लागि प्रशोधन निकै जरुरी हुने भएकाले चुटानी गरेपछि धानमा रहेका पराल, डाठ, झारपात, बिग्रिएको दाना, माटो, ढुङ्गा आदि सबै बस्तुहरु हटाउनु पर्छ । धानलाई त्रिपाल ओछ्याएर वा धुलो नभएको सिमेन्टिको भुइ आदिमा राखि घाममा सुमाउन सकिन्छ । यसरी सुकाउदा लामो समय लाग्ने भएकाले विभिन्न प्रविधिहरुको प्रयोग गर्न सकिन्छ। अनाजलाइ घाममा सुकाउने र दातले टोक्दा कुटुक्क आवाज आउने भएपछि भण्डारणको लागि ठिक चिस्यान भएको थाहा पाछन सकिन्छ । साथै चिस्यान नाप्ने यन्त्र Moisture Meter को प्रयोग पनि गर्न सकिन्छ । मेसिनहरु जस्तै मेकानिल ड्रायर, सोलर बबल ड्रायर आदिको प्रयोग गरि धान सुकाउन सकिन्छ तर घरायसी प्रयोगको लागि यो तरिका महँगो पर्न जानि भएकाले उपयुक्त मानिदैन ।
भण्डारण भन्नाले बिउलाई बजारीकरण नगरुन्जेल सुरक्षित एउटा कक्ष बनाएर राख्ने कार्यलाई भनिन्छ । धेरेै चिसो वा धेरै तातो , बिउमा चिस्यानको मात्रा र सापेक्षित आद्रता बढि भएको ठाउँमा रोग, किरा र ढुसिहरु लाग्ने समस्या देखा पर्छन । त्यसैले भण्डारण गर्दा बिउमा चिस्यानको मात्रा १० देखि १३ प्रतिशत , कोठाको तापक्रा २० डि से भन्दा कम, सुक्खा ठाँउ र सापेक्षिक आद्रता ६० प्रतिशत भन्दा कम हुनुपर्छ । धान भण्डारण गर्नु भन्दा अगाडि भण्डारण कोठालाइ सफा गर्नु पर्छ र ढुसिनासक बिसादि प्रयोग गर्नु पर्छ । भण्डारण गर्दा पुरानो र नयाँ अनाज मिसाउनु हुदैन यसो गर्दा पुरानो अनाजमा भएको रोग किरा नयाँ अनाजमा सर्न पाउदैन ।
नेपालमा परम्परागत रुपमा कुन्यू, डेहरी, माटोको भाडा आदिमा भण्डारण गर्दै आएको पाइन्छ । यस्ता भण्डारण सामाग्रीहरुमा माटो प्रयोग भएकाले चिस्यान तथा हावाको सँचार सजिलै हुन्छ । चिस्यान तथा अक्सिजनको कारण खाद्यन्न (बीउ तथा अन्नमा) ढुसिजन्य रोग तथा किराहरुको बिकास हुन्छ र क्षति हुन्छ । ढुसिजन्य रोगको कारण बीउको उमार शक्तिमा असर पुग्ने तथा खाद्यन्नको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा पनि नकरात्मक असर पर्न जान्छ । त्यसैले माटोको भाँडोमा इनामेल पेन्ट गर्नु पर्छ । इनामेल पेन्टले चिस्यानबाट जोगाउछ भने हावाको संचारलाई पनि केहि हदसम्म कम गछ । पक्की भकारी, सुधारिएको भकारी र मेटल बिनको प्रयोगले अन्न भण्डारणमा क्षति घटाउन सकिन्छ । यस्तो भकारीमा अन्न ओसिन पाउदैन, मुसाले खादैन र कीरा लागेमा धुवाउने विषको प्रयोग गर्न सकिन्छ ।
भण्डारण गर्ने भकारी वा ढुकुटीलाई सफा गरेर प्वालहरु भएमा टालेर राम्रोसँग लिपपोत गरेर सफा बनाउनु पर्छ । मेटल बिन र भकारी सफा गर्न हिंग पानीको झोल पनि प्रभावकारी हुन्छ । भण्डारणमा किराको प्रयोग कम गर्नको लागि निमको पातलाई ५—७ से मि तह हुने गरेर थुप्रो अनाज माथि राख्ने वा तितेपाति १० ग्राम प्रति के जि वा टिमुर ३० ग्राम प्रति के जि प्रयोग गर्न सकिन्छ । घुनलाई नियन्त्रण गर्नको लागि एक गोटा सेल्फस बिषादि सेतो कपडामा बेरेर १०० के जि बीउको लागि प्रयोग गर्न सकिन्छ । यसका साथै खाद्यान्नलाई सुकाएपछि बोरामा राख्ने पनि भण्डारण गरिन्छ । यसरी बोरामा राखिएको अनाजलाई १ फुट अग्लो टाँड बनाएर राख्ने र भित्ताबाट पनि १ फुट टाढा राख्नु पर्छ। उच्च आद्रता घटाउनलाई भण्डारण केन्द्रलाई सुख्खा, ओसिलो रहित भुई, छाना र भित्ता साथै हावा प्रवाहको व्यवस्थापना गर्नु पर्दछ । तर हावा आउने प्वालबाट मुसा आउने भएकाले जाली लगाउनु पर्छ । पछिल्लो समयमा प्लास्टिकबाट बनेको सुपर ग्रेन ब्यागमा बिउ भण्डारण गर्न सुरु गरिएको छ । यस्तो ब्यागमा हावा तथा चिस्यानको वारपार हुन सक्दैन र रोग, किराहरुले आक्रमण गर्न सक्दैन । यदि किरा वा ढुसि पैदा गर्ने जीवाणुहरु भित्र छिरि हाल्यो भने पनि अक्सिजनको कमिले गर्दा सास फेर्न नपाएर मर्ने गर्दछन । यसो गर्दा कीराहरुलाई कुनै पनि बिषादी प्रयोग नगरी नियन्त्रण गर्न सकिन्छ । यसरी भण्डारण गर्दा धानको उत्पादनोपरान्त भण्डारणमा हुने ह्रास कम गर्न सकिन्छ ।

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X