Array

टिमुर खेती/ Nepali Pepper/Winged Prickly Ash

परिचय: टिमुर (Zanthoxylum armatum) नेपालको एक लोकप्रिय मसलाजन्य वनस्पति हो । यसको फल अचार तथा तरकारीमा र विशेषगरी च्याउको परिकारमा प्रयोग हुन्छ । मिठो बासना भएको यस वनस्पतिको फल तथा बोक्राको बहुऔषधीजन्य विशेषताका कारणले विभिन्न औषधोपचार, सौन्दर्य प्रशाधन र सर-सफाई सम्बन्धी सामग्रीको उत्पादनमा टिमुरको प्रयोग गरिन्छ । राजश्व सङ्कलनका हिसाबले टिमरु पाचँ गरै -काष्ठ वन पैदावार मध्ये पर्दछ। पछिल्ला दुई दशकमा टिमुरको बजारभाउ उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ । यसले बढ्दो संख्यामा किसानहरूलाई खेतबारी छेउछाउका जग्गामा टिमुरको खेतीतर्फ आकर्षित गरेको छ तर अझै पनि अधिकांश टिमुर भने वनबाट नै सङ्कलन गर्ने गरिएको छ । सल्यान जिल्ला टिमरुको खेती हुने मुख्ये क्षत्रे मध्ये पर्छ जहाँ वार्षिक रूपमा ४०००-६००० केजी टिमुर उत्पादन हुन्छ । टिमरुको बिउ तथा फल आयुर्वेढ उपचार पद्धतिमा प्रशस्तै पय्रागे गरिन्छ । बिउ र फल वायुनाशक, पेट दुखेको कम गर्न, खोकी, पिसाब गराउन, किरा भगाउनका साथै दाँतको समस्या र लुतो मा प्रयोग गरिन्छ । पश्चिम तथा मध्य नेपालका धेरै जिल्लहरूमा केही समय यता टिमुरको व्यापारिक खेती लोकप्रिय भएको छ । मध्यपश्चिम नेपालका राप्ती उपत्यकाको रोल्पा, सल्यान, प्युठान, रुकुम जिल्लाहरू उच्च गुणस्तरको टिमुर उत्पादनमा प्रसिद्ध छन् ।

माटो र हावापानी: टिमरु हकुार्उनका निम्ति त्यत्ति उवर्र जमिनको आवश्यकता पदर्नै । मध्यम रूपको ओस भएको, अम्लीयपना ६.५-७ सम्म भएको सामान्यतया दोमट वा चिमट्याइलो माटोमा टिमुर राम्ररी हुर्कन्छ । रातो माटोमा पनि टिमुर खेती गर्न सकिन्छ । अरू बालीका लागि उपयुक्त नहुने बारी छेउछाउका जग्गालाई पनि टिमुर खेती गर्नका लागि प्रयोग गर्न सकिन्छ । प्राङ्गारिक तत्व प्रशस्त भएको, उपोष्णदेखि समशीतोष्ण हावापानी भएका क्षेत्र (१००० २५०० मी. उचाइ) का खुकुलो बलौटे माटो पनि यस वनस्पतिका निम्ति उपयुक्त हुन्छ ।

विरूवाको छनौट: विरुवाको पैदावारको गुण र परिमाण हेरेर माउ विरुवाको रूपमा छनौट गरिन्छ । घमाइलो ठाउँको, फल धेरै लाग्ने र फलमा तेलको मात्रा धेरै हुने बोटहरू प्रसारणका निम्ति छान्नुपर्छ ।

बिउबाट उत्पादन: ताजा रूपमा सङ्कलन गरिएको टिमुरको बिउ ठूलो परिमाणमा खेती गर्नका लागि उपयुक्त हुन्छ, किनभने तिनको अंकुरण प्रतिशत बढी हुन्छ । रोप्नु अगाडि बिउलाई बगेको पानीमा २४-४८ घण्टा ढडाएर वा मनतातो पानीमा पटक-पटक पखाल्नुपर्छ जसले गर्दा बिउको सतहमा रहने सुगन्धित तेल पखालिन्छ ।

नर्सरीका लागि, मिहिन माटो, बालुवा र कम्पोस्ट बराबर अनुपातमा मिसाइएर १ मिटर चौडा र हल्का माथि उठेको, सकेसम्म पूर्व-पश्चिम लम्बाइ भएको ब्याड बनाउनु पर्छ । बिउ ३-५ से. मी. माटोले पुर्नुपर्छ ७-१० से. मी. को दूरीम बिउ छर्दा हुन्छ । ताप र पानीबाट जागोउन गुम्बज आकारको प्लास्टिकले व्याड ढाक्ने टनेल बनाउनु पर्दछ । बिउको परिपक्वताको आधारमा अकंरुणको सम्भावना ६०-८०% सम्म हुने गर्दछ । एक हेक्टर जमिनमा बेर्ना लगाउनका लागि करिब ५०० ग्राम राम्रो बिउको आवश्यक पर्छ ।

४ पात भएका बेर्नाको जरालाई नखल्बल्याइकन व्याडबाट प्लास्टिक थैलामा सार्न सकिनेछ । (१३×५ से.मी.को थैला, हरेक थैलामा २-४ वटा प्वाल पारिएको, वनको माटो, बालुवा र मल १ः१ः१ को अनुपातमा मिसाएर तयार पारिएको माटो भरेको । खेती गर्नका लागि २०-२५ से.मी. उचाइ भएको वा १ वर्ष पुगेर विरुवामा स-साना काँडा पल्हाएका बेर्ना सार्नका लागि उपयुक्त मानिन्छ ।

जमीनको तयारी: बर्नो सार्ने तीन महिना अगाडि, यानि चैत-बैशाखतिर ३०-४५ से.मी. गहिरा, ३०-४५ से.मी. व्यास भएका खाडलहरू ३-३ मिटरको दूरीमा खन्नु पर्छ । प्रत्येक खाडलमा जङ्गलको माटो र कम्पोस्ट मल बराबर मात्रामा मिसाएर भनर्पुर्छ । हरके खाडलमा ५ के. जी. राम्ररी कुहिएको कम्पोस्ट मल राख्दा राम्रो हुन्छ ।

रोपण: टिमुरको रोपण मनसुन पूर्व फाल्गुणमा पानी परेको समयमा गर्न सकिन्छ, तर सिंचाई सुविधा नभएका स्थानहरूमा मनसुनी वर्षा हुनुभन्दा अगाडि अर्थात् जेठ-असारको शुरूतिर रोप्नुपर्छ । ३० से.मी. अग्ला बेर्ना माथि उल्लेखित तरिकाबाट तयार गरिएका खाडलमा रोपिन्छ । यदि विरुवामा स-साना काँडा पल्हाएका छन् भने,  तिनको सर्ने सम्भावना बढी हुन्छ। १ हेक्टर जग्गाको लागि १,१०० बर्नो चाहिन्छ । विरुवा रोप्ने समयमा जमिन तयारी गर्दा ५-६ टन प्राङ्गारिक मलको प्रयोग गर्न सिफारिश गरिएको छ ।

सिँचाई: बेर्ना रोपणपछि शुरूका दिनमा नियमित सिँचाईको आवश्यकता पर्छ । माटोमा रहेको ओसलाई जोगाइराख्न सुकेका पातहरू प्रयोग गरेर छापो हाल्न सकिन्छ । एकपल्ट सरिसकपेछि बाटे आकाशे पानीका भरमा पनि बाच्ँन सक्छ ।  सिँचाई गर्ने पानी घरपालवुा जीवजन्तु वा मानव मलमत्रुबाट सङ्त्रमित हनु हुँदैन । सिँचाई गर्दा खेतमा पानी नजमोस् भनेर उचित ध्यान पुर्‍याउनुपर्छ ।

गोडमेल: रापेणको कहेी महिनासम्म हरके महिना गाडे मले गर्ने र झारपात उखेल्नुपर्छ पुर्छ । पछि आवश्यकता अनुसार मात्र गर्दा हुन्छ । ४-५ वर्षपछि सुकेका र अनावश्यक हाँगाहरू काटँ -छाटँ गर्दै जानु पदर्छ , हल्का छटाईले विरुवा छिटो बढछ् ।

मलखाद: बेर्ना रोप्न तयार पारेको खाडलमा प्रति खाल्डो ५ के.जी.का दरले गोबर वा कम्पोस्ट मल हाल्नु पर्छ । रोपिसकेपछी विरुवालाई थप मलखाद राख्न पदर्नै कम्पोस्ट मल भने राम्ररी कुहिएको हुनपर्छ ।

रोग र रोगकीरा नियन्त्रण: टिमुरमा पात चाउरिने रोग र कालो कमिलाको आक्रमण हुनसक्छ । झ्याउ र अन्य परजीवि वनस्पति पनि टिमुरको बोटका लागि समस्या हुन्छन्, यसको समाधानका निम्ति पा्र ङ्गारिक रागे किरा नियन्त्रणको अभ्यास गर्नुपर्छ ।

सड्ढलन तथा सड्ढलन पछिका प्रक्रिया:  टिमुर रोपेको ३ वर्षपछि यसमा फल दिन थाल्दछ । कलमीद्वारा सारिएको बोटले
बिउबाट उमारेको बोटभन्दा छिटो फल दिन्छ । तर टिमुर कलमी बाट तयार गरिएका विरुवा धेरै समय बाच्ने गरेको पाइँदैन । स्वस्थ्य र रोगरहित बोटबाट भुइँमा प्लास्टिक वा सफा कपडा ओछ्याएर पाकेका फल (गाढा रातो रङ) हातैले वा सिकेचर जस्ता औजारको प्रयोग गरेर टिप्नु पर्दछ । टिमुर टिप्दा प्रयोग गर्ने औजार सफा हनु पु दर्छ । एक पटक काटको हागा पनु पलाएर परिपक्व हुन र त्यसमा फल लाग्न झण्डै दुई वर्ष समय लाग्ने हुनाले हाँगै भाँचेर फल तिप्नु हुँदैन। एकजना व्यक्तिले एक दिनमा ४-५ के. जी. टिमरु टिप्न सक्दछन्। प्राकृतिक अवस्थामा बिउबाट नै नयाँ बोटहरू उम्रने हुनाले, ९०% फल मात्रै टिपेर बाँकी १०% बोटमै छोड्नुपर्छ ।

अनुमानित उत्पादन: ५ वर्ष पुगेको बोटमा औसतमा प्रति वर्ष ३ के.जी.का दरले टिमुर उत्पादन हुन्छ, यानि प्रतिहेक्टरमा ३,०००-३५०० के.जी. प्रति वर्ष औसत उत्पादन हुन्छ । ताजा फलको सुकेको तौलको अनुपात १ः०.२५ के.जी. हुन्छ । टिमुरका बोटमा बैशाख-जठे मा फलू फुल्छन् र धेरै बर्षसम्म नियमित रूपमा फल उत्पादन भइरहन्छ । परिपक्व बोटको उत्पादकत्व अझ बढी हुन्छ । पूणर् वयस्क बोट (१०-२५ वर्ष पुरानो बाट प्रति मौसम १५ केजीसम्म टिमुर उत्पादन भएको देखिएको छ । चैत-बैशाखमा आउने असिना, हावा-हुरीले भने फुलहरू झारेर फलको उत्पादन केही घट्नसक्छ
तर सामन्य असिना पानीले खासै असर पारेको देखिंदैन ।

खेती तालिका: 
कार्य                                                          समय
बिउ सङ्कलन                                                भदौ-असोज
बिउ रोप्ने                                                    असोज-कार्तिक, चैत्र-बैशाख
नसर्री, प्लाष्टिक थैलो तयार पार्ने                            असाजे -कातिर्क , चत्रै -बशै ाख
कलमी काट्ने                                               माघ-फागुन
कलमी रोप्ने                                                  बैशाख-जेठ
फूल फुल्ने                                                   चैत-असार
फल लाग्ने                                                    जेठ-साउन
टिमुर टिप्ने                                                   असोज-कार्तिक

(स्रोत: नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालय वनस्पति विभाग)

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles