गाउँ फर्कौ युवा- कविता

गाउँ फर्कौ युवा

पढीसकी गाउँ फर्कौ बाबु बुढा भए ।
विचराले हह माले भन्ने दिन गए ।।
पसीनाले भिजाइसके खेत अनि वारी ।
फर्कौ युवा गाउँ अव भयो तितेघारी ।।
वारी खनौ हलो जोतौ गोरु एकहल पाली ।
त्यै गोरुको मल हाले राम्रो हुन्छ बाली ।।
पढीगुनी सिकेको ज्ञान आफ्नै गाउँमा खनाऔ ।
हामी सबै युवा मिलि अब गाउँ वनाऔ ।।
छरछिमेक गाउँघर अर्मपर्म मेला ।
चाडपर्व मनाउला सबै भई भेला ।।
खसी पालौ वाख्रा पालौ पैसा यही हुन्छ ।
वाआमाको दुख देख्दा तिम्रो मन रुन्छ ।।
गाउँ फर्कौ युवा अब सबैकुरा छोडी ।
फलाउ अन्न यही माटोमा नयाँ नाता जोडी ।।
बाजाकुजा खेतवारी बनाउँ हरियाली ।
घरपरिवार छरछिमेक छाउछ खुसीयाली ।।
शिक्षित बनाऔ किसान अनि हामी बनौ साथी ।
हामी युवा जुटेऊ भने कृषि उठ्छ माथि ।।

धन्यवाद ।।

सुवास वाबु घिमिरे
कृषि प्राविधिक

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles