गहुँ खेती प्रविधि:

0
166

गहुँ खेती

परिचय:

गहुँ (Triticum aestivum) बिश्वोमा सबैभन्दा धेरै उत्पदान हुने र नेपालको लागि धान र मकै पछीको महत्त्वपूर्ण अन्न बाली हो। गाउँ घरमा यस्को रोटी, ढिडो, हलुवा, पुरी बनायर सेवन गर्नेगरिन्छ भने सहर बजारमा यस्को  पाउरोटी, केक, बिस्कुट, चाउचाउ बनाउन प्रयोग गरिन्छ।गहुँको भुस र दानाहरु पनि गाई भैसिलाइ खुवाउन प्रयोग गरिन्छ। गहुँको उत्पति दक्षिण पश्चिम एसिया बाट भएको मानिन्छ।

हावा पानी: समुन्द्र सतह बाट ३३०० मिटरसम्म गहुँ लगाउन सकिन्छ। बीउ उम्रनको लागि २० देखि २५ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ भने पाक्नको लागि औसत तापक्रम १४ देखि १५ डिग्री सेल्सियस हुनु पर्दछ। फुल खेल्ने बेलामा  जिरो डिग्री भन्दा कम तापक्रम भयमा दाना लग्दैन र बाली पाक्ने बेलामा तापक्रम बढी भयमा (२५ डिग्री भन्दा माथी) छिटो दाना पाक्छ र उत्पादन घट्छ।

पानी: बीउ छर्ने बित्तिकै पानी पर्यो भने बीउ राम्रो सँग उम्रन पाउँदैन। बढी पानी जम्मा हुने ठाउँ गहुँको लागि उपयुक्त हुँदैन। सामान्यतया धान र गहुँ खेतीको लागि १३००-१८०० मिलिमिटर पानी चाहिन्छ।

माटो: पि.यच-५.५ देखि ७.५, दोमट माटो। पानी नजम्ने वा पानीको निकास राम्रो भएको ठाउँ।

जातहरु:

तराई: बि. यल.१४७३, बि. यल ११३५, भृकुटी , गौतम, आदित्य, बिजय।

मध्य पहाड: डव्लु के १२०४, पासङ्गल्हामु, अन्नपूर्ण ३, अन्नपूर्ण ४।

उच्च पहाड: डव्लु के १२०४, पासङ्गल्हामु, अन्नपूर्ण १, अन्नपूर्ण ३।

जग्गाको तयारी: २० देखि ३० सेन्टिमिटर गहिरो हुनेगरी जोत्ने। २-३ पटक जोतेर माटो मसिनो बनाउने र चिस्यान जोगाउनको लागि प्रत्येक जोताइ पछाडी पटाहा लगाउने।

बिउ दर: १२० केजी प्रती हेक्टर (६ केजी प्रती रोपनि)। मिश्रित बाली लगाउदा ४ केजी गहुँको बिउसंग दुई केजि केराउ वा २५० ग्राम तोरी प्रती रोपनी रोप्नुपर्छ।

 मलखाद:

संचित क्षेत्रकोलागि १००:५०:५० र असंचित क्षेत्रकाेलागी ५०:५०:२० केजि नाईट्रोजन, फस्फोरस र पोटास सँगै १५ टन प्राङ्गारिक मल एक हेक्टरमा हाल्नुपर्छ।

यो मात्रा पूरा गर्न एक कठ्ठामा संचित क्षेत्रकोलागि प्राङ्गारिक मल २० डोको(५०० केजी), युरिया ५.५ केजी, डियपी ३.२ केजी, म्युरेट अफ पोटास १.५ केजी र असंचित क्षेत्रकाेलागी युरिया २.२ केजी, डियपी ३.२ केजी, म्युरेट अफ पोटास १ केजी हाल्नु पर्छ।

संचित क्षेत्रमा २/३-१/२ भाग नाईट्रोजन र पूरा भाग फस्फोरस र पोटास बीउँ छर्ने समयमा र बाँकि रहेको निट्रोजन १/३-१/२ पहिलो सिचाई गर्ने समयमा हाल्नुपर्छ। असंचित क्षेत्रमा भने पुरै मल बिउँ छर्नेबेला हाल्नु पर्छ।

लगाउने समय: गहुँ छर्ने समयलाई अत्यन्तै ध्यान दिनु पर्छ। चाँडो छर्दा बालिको पाक्ने अवधी लामो हुने र उत्पादन राम्रो नहुन सक्छ। यदि ढिलो छरेमा वाली फुल्ने समयमा सुख्खा हावा चल्ने र माटोको चिस्यान कमी हुने भएकोले उत्पादनमा ठूलो ह्रास आउँछ। त्यसैले यो बलिलाई नेपालको हावापानी अनुसार कार्तिकको अन्तिम हप्ता देखि मंसिरको पहिलो हप्ता सम्म लगाउन उत्तम हुन्छ।

बीउ रोप्ने: सामान्यतया बीउ छरेर रोप्ने चलन छ। लाइनमा लगाउद हारको दुरि २० सेन्टिमिटर राखी बिउँलाइ ५ देखी ८ सेन्टिमिटर दुरिमा हारमा लगातार खसाल्नु पर्छ। बिउलाई ५ सेन्टिमिटर गहिरो रोप्नुपर्छ। मिश्रित बालिको रूपमा केराउ बढी उपयुक्त भयपनी तोरि पनि सफलता पूर्बक लागाईन्छ। यसोगर्दा दुई हार गहुँको बिचमा एक हार केराउ लगाउनु पर्छ।

सिचाई: मुकुट जरा(क्राउन रूट) आउने अबस्था, पसाउने अबस्था र दाना भरिने अबस्थाको सिचाई बढी महत्त्वपूर्ण हुन्छ। बिउँ छर्नु भन्दा ७/१० दिन अगाडि सिचाई  दिन सके बिउँको उमार शक्ति बढ्छ।

बाली काट्ने: गहुँको बालामुनिको डाठँ पहेलो भएपछि गहुँ पाकेको मानिन्छ। बाला हातमा माड्दा दाना राम्ररी छुट्यो भने गहुँ काट्न थाले हुन्छ। गहुँको दानालाई टोक्दा कुटुक्क हुन्छ भने काट्न सुरु गर्नुपर्छ। काटेपछी २-३ दिन सुकायर बाली चुट्नु पर्छ।

लेखक : सूरज अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here