गड्यौले मल बनाउने प्रविधि र यसका विशेषताहरु:
परिचय:
गड्यौले मल भनेको प्राङ्गारिक फोहरलाई (सागसब्जी, घाँस पात फलफूल, आदिको फोहर) विशेष खालको गड्यौला ले खाएर, पचाएर दिशा को रुपमा फाल्ने कालो स-साना चियापत्तीको दाना जस्तो “काष्ट” र यस सँग गलेर वा सडेर बनेको कम्पोष्ट मलको समिश्रण हो| यसरी गडेउला लाइ फोहर खुवाएर मल बनाउने प्रविधिलाई नै गड्यौले कम्पोस्टिंग भनिन्छ| यसरी गड्यौला पालेर मल उत्पादन गर्ने कामलाई भर्मिकल्चर भनिन्छ | गड्यौले मल बनाउनको लागि सबैभन्दा बढी प्रयोग हुने प्रजाति Eisenia foetida हो | यो प्रजातिको गँड्यौला अरु प्रजातिको गडेउला हरु भन्दा छिटो खाना खाने, पाचन छिटो गर्ने क्षमता भएको र छिटो मल उत्पादन गर्ने भएकोले भर्मिकल्चर मा एक जातिको बढी प्रयोग भएको देखिन्छ|यो प्रजातिको गँड्यौला हेर्दा पनि अरुभन्दा अलि रातो रङको र लाटो स्वभावको हुन्छ| गडेउलालेआफुले खाएको खानाको 80 देखि 90 प्रतिशतसम्म खाना फोहोर मार्फत निष्कासन गर्ने भएकाले एकदमै मलिलो हुने गर्दछ| यो मलमा 2 देखि 3 प्रतिशतसम्म नाइट्रोजनको मात्रा हुन्छ भने एकदेखि दुई प्रतिशतसम्म पोटासियमको मात्रा रहेको हुन्छ|
गड्यौले मल उत्पादन गर्ने तरिका:
स्थान:
गड्यौले मल उत्पादन गर्न सबैभन्दा पहिले उपयुक्त स्थानको व्यवस्था हुनुपर्दछ| गडेउला लाइ घरभित्र वा खुल्ला ठाउँ दुवैमा पाल्न सकिन्छ| घरभित्र गडेउला पाल्दा कुनैपनि भाँडा जस्तै काठकोबाकस ,बाँसको टोकरी, डालोआदिमा प्रयोग गर्न सकिन्छ| घर बाहिर खुल्ला ठाउँमा गडेउला पाल्दा छाया भएको ठाउँ वा छानाको व्यवस्था भएको ठाउँको प्रयोग गर्न सकिन्छ|
ओछ्यानको व्यवस्था:
गडेउला पाल्ने भाँडामा ओच्छ्यानको व्यवस्था हुनुपर्दछ| ओच्छ्यान वा सोत्तरको लागि 3-4 inch जति बाक्लो जुट, पराल ,सुतिको कपडा, काठको धूलो जस्ता वस्तुको प्रयोग गरी नरम ओछ्यान लगाई दिनु पर्दछ|
गोबर वा पुरानो मलको प्रयोग:गोबर अथवा पुरानो मल 2-3 मुठि छर्की दिनुपर्दछ| गोबर गडेउला को आहारा हो भने पुरानो मलमा भएको सुष्म जीवाणुले फोहोरलाई छिटो कुहाउन सहयोग गर्दछ|
जैविक फोहर राख्ने:
यसरी बनाएको ओच्छ्यान वा सोत्तर माथि एक हात उचाइसम्म जैविक फोहर हाल्नु पर्दछ| एक हात उचाई भन्दा बढी फोहोर हाल्नु हुँदैन|बढी फोहर हाल्दा फोहर कुहिने तापक्रम बढ्न गई गडेउला उक्त फोहरमा जान सक्दैन र मल बन्न पनि ढिलो हुने गर्दछ|
भर्मिकल्चर मा Eisenia foetida को प्रयोग:
10 फिट लम्बाइ र एक हात उचाई भएको भर्मिकमपोष्ट को बेडमा औसत 400-500 केजी फोहर हुन्छ उक्त फोहरलाई करिब पाँच किलो गडेउला चाहिन्छ |थोरै गडेउला भयोभने मल बन्न धेरै समय लाग्छ र धेरै गडेउला भयो भने पनि विशेष केही फाइदा हुँदैन|
छोप्नेको व्यवस्था गर्ने:
गडेउला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउन सक्दैन| तसर्थ भर्मिकल्चर गरेको भाँडा छोपी दिनाले गडेउला त्यही फोहरमा रहेर लगातार खाना पाउँछ र माथि आएर मल उत्पादन गर्दछ| सामान्यतया यसरी गडेउला पालेको 3/4 महिनापछि यसको मल संकलन गर्न सकिन्छ|
गड्यौला पालन गर्दा कुरामा ध्यान दिने त?
- अमिलो प्रजातिको फलहरु राख्नु हुँदैन|
- रातो कमिला गडेउला को शत्रु भएकोले सकेसम्म गुलियो खानेकुरा राख्नुहुँदैन|
- मासु/माछा जन्य खानेकुरा वा तिनबाट निस्केको फोहोर प्रयोग गर्नुहुँदैन|
- तेलजन्य खानेकुरा प्रयोग गर्नुहुँदैन|
- फोहर हाल्दा सकेसम्म टुक्र्याएर वा काटेर प्रयोग गर्नुपर्दछ|
- गडेउला हरु धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाउँमा बस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नुपर्दछ|
- मुसा, छेपारो, कमिला का साथै पाल्तु जनावर बाट गडेउला लाइ नोक्सान गर्ने भएको हुँदा त्यसबाट बचाउनुपर्छ|