खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय 

१. परिचय:

उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो । खरायो सुन्दर तथा आकर्षक हुने र घरमा पाल्दा शोभा समेत दिने हुनाले मानिसहरूले एक ठाउदेखि अर्को ठाउसम्म लगेर पाल्ने गर्नाले संसारको सबै मुलुकहरूमा फैलिएको छ । खरायो प्रति घण्टा ३२-४० किलोमिटर दगुर्न सक्दछ । खरायोको आयु करीव ८ वर्षको हुन्छ ।

नेपालमा खरायो उपभोगको लागि पाल्ने चलन त्यति छैन तर ब्रिटेन र नेदरल्याण्डमा ०.३ के.जी., इटलीमा २ के.जी. र फ्रान्समा ६ के.जी. प्रतिव्यक्ति प्रति वर्ष यसको मासुको खपत छ । खरायोको उत्पादनमा जलवायुले असर गर्दछ। ३० सेन्टीग्रेटभन्दा बढी तापक्रम हुने क्षेत्रमा (तराई) खरायोले कम वच्चा जन्माउने र बच्चाको शारीरिक वृद्धि पनि कम हुन्छ जबकि १८-२०° सेन्टिग्रेट तापक्रम हुने क्षेत्रमा (पहाडी) खरायोले बढी बच्चा जन्माउनुको साथ वच्चाको शारीरिक वृद्धि पनि बढि हुन्छ । खरायो आहारा कम खाने, पाल्न सजिलो, चाडै बढ्ने, छिटो-छिटो ब्याउने र बढी बच्चा जन्माउने भएकोले आर्थिक दृष्टिकोणले बढी लाभदाए देखिन्छ ।

२. खोर ब्यबस्थापन:

खरायोका दाँत मुसाका जस्ता हुने हुनाले सुरुङ बनाई बस्ने प्रकृतिको हुन्छ । त्यसैले खोर बनाउँदा उक्त कुरामा विशेष ध्यान दिनु पर्दछ । १.५ मिटर लम्बाई, १ मिटर चौडाई र ३५ से. मि. उचाइ भएको खोरमा ६-७ वटा खरायो पाल्न सकिन्छ । सरसफाईको दृष्टिकोणले मलमूत्र तल खस्ने किसिमको टांड भएको खोर धेरै उपयुक्त हुन्छ । यसको लागी खोरको भुई २ मि.मी. मोटो तारको १३ मि. मी. x २५ मि.मी. को जाली बनाउन उपयुक्त हुन्छ । खोरको बार वा भित्ताहरू काठ को फलेक वा जालीद्वारा बनाउन उपयुक्त हुन्छ । दुई वा तीनतिरका भित्तामा फलेक र एक वा दुईतर्फ जाली राखिदिएमा धेरै उपयुक्त हुन्छ यदि टांड नबनाउने हो भने सोत्तरको बन्दोबस्त गर्नु पर्दछ र प्रत्येक हप्ता सोत्तर फेर्नु पर्दछ । खोरभित्र घाँस दिने टाट्नु (Rack) र दाना-पानी दिने भाँडोको बन्दोबस्त गर्नु पर्दछ । पोथीको लागि गुड र सोत्तरको व्यबस्था गर्नु पर्दछ ।

भाले र पोथीलाई छुट्टाछुट्टै खोर चाहिन्छ । पोथीहरूलाई समूहमा पनि राख्न सकिन्छ । गाभिनुको अन्तिम अवस्थामा पुगेका र व्याएका खरायोलाइ छुट्ट राख्नु पर्दछ । मोटो बनाउनको लागि राखेका खरायोहरू लाई ५–१० वटासम्म एउटै खोरमा राख्न सकिन्छ । न्यानो ठाँउमा प्रति वर्ग मिटर ४-५ खरायो राख्न उपयुक्त हुन्छ ।

३. व्यवस्थापन र उत्पादनशीलता:

कालिफोर्निया र न्यूजिल्याण्ड बाइट मासुको लागि पालिने मुख्य जात हुन् । यिनीहरु प्रतिदिन ४० ग्रामका दरले वृद्धि भइ ६ हप्तामा बजार योग्य जीवित तौल २ के. जी. सम्म पुग्दछ र ६० % (टाउको सहीत)खान योग्य मासु बन्दछ । साधारणतया ३.६ के. जी. दानाले एक  के.जी. जीवित तौल लाग्दछ।

खरायोलाई ब्याएको दिनमा बाली लगाउने हो भने बर्षमा ७-८ पटकसम्म ब्यौन सक्दछ । यदि ब्याएको एक महिनापछि बाली लगाउने हो भने बर्षको ४ पटक ब्याउन सक्दछ । खरायोले एक वर्षमा ५०-६० बटा बच्चा उत्पादन गर्न सक्छ तर यो उत्पादन गर्मी ठाँउमा लिन सकिदैन र गर्मी ठाउमा बच्चा जन्माउने छ्यमता घटेर जान्छ । खरायोले १.५-२ वर्षसम्म राम्रो उत्पादन दिन सक्दछ ।

फार्ममा बथानको संख्या कायम गर्नको लागि राम्रो उत्पादन दिन आमा र बाउबाट जन्मेको बच्चा  राख्नु पर्दछ । Inbreeding नहोस् भन्नाको लागि नजिकका नाता पर्ने भालेसंग बाली लगाउन हुदैन । त्यसको लागि भालेको हेरफेर गरिरहनु पर्दछ । Inbreeding ले मासुको उत्पादन र बढी बच्चा   जन्माउने क्षमता घटेर जान्छ।

यदि ५-७ वटा सरायो पाल्ने हो भने प्रतिहप्ता दुई खरायो घर खर्चमा ल्याउन या वेच्न सकिन्छ । घाँस खेती  नगरी गाउँघरमा पाइने घास काटेर पाल्ने हो भने ३०-४० मिनेटको कामबाट १ के. जी. मासु प्राप्त गर्न सकिन्छ तर सघन  पद्दतिअनुसार खरायो पालन गर्ने युरोपेली कृषकहरुले उध्योगवाट उत्पादित दाना खुवाएर प्रति ६.२ मिनेटमा १ के जी. मासु उत्सादन गरी बढी भन्दा बढी फाइदा लिएका छन् ।

 ४. आहारा ब्यबस्थापन:

खरायो घोडाको जस्तो साधारण प्रामाशय भएको शाकाहारी (Herbivorous) पशु हो। तिनीहरुको पाचन प्रणालीमा अन्धो आन्द्रा (Caecum) ठूलो हुन्छ र यही अन्धो आन्द्रामा नै आन्द्रामा पच्न नसकेका या पच्न छुटेका तत्वहरू (खासगरी सेलुलोज) अन्यो आन्द्रामा  उपस्थित सूक्ष्म जिबाडु द्वारा निश्वीकरण (Mirobial fermentation) भई उपयोगी तत्वहरुमा (Fatty acids) परिणत भई ठूलो आन्द्रामा पुगी सोसिन्छ । खरायोले सीमित मात्रामा रेगा (Fiber) को पाचन गर्दछ ।

खरायोको उत्पादनमा पोषणतत्वले पनि असर पार्दछ । १२-१३% प्रोटिन भएको आहारा खुवाएमा एउटा खरायोले वर्षमा ३५-४० बटा बच्चा जन्माउँछ भने ८-१०% प्रोटिन भएको पाहाराने जम्मा १२-१५ वटा बच्चा जन्माउँछ । ४ देखि १२ हप्ताको उमेरको खरायोलाई १५% प्रोटिन र दुध चुसाउने माउलाई १८% प्रोटिन भएको आहारा सिफारिस गरिएको छ । उक्त प्रति किलो दानामा कमश: २४०० किलो क्यालोरि मेटाबोलिक इनर्जी हुनु पर्दछ।

सुखहा पदार्थको आधारामा  १-२.५ महिनाको खरायोलाई १००-१२० ग्राम, ३-४ महिना र गाभिनु खरायोलाई १५०-१८० ग्राम र दुध खुवाउने खरायोलाई ३००-४०० ग्राम आहारको साथै उक्त खरायोका १ महिना पुगेका प्रत्येक बच्चालाई २०-३० बागका दरले थप आहारको अबसकता पर्दछ।

जाडो ठाँउमा खरायोलाई खाएको आहाराको शुखा पदार्थको १.५ – २.५ गुना बढी पानीको आवस्यकता पर्दछ भने गर्मी जलबायु हुने ठाउमा ४ गुडा बढी पानीको आवश्यकता पर्दछ।

खरायोको लागि आहारा  स्थानीय स्रोतबाट पाइने घासपात आदि प्रयोग गर्न सकिन्छ । घाँसको रुपमा लगाईने बालि जस्तैः बर्सिम, स्टाईलो, गुइनिया,इपिल-इपिल डाले घास आदि खुवाउन सकिन्छ । सबै उमेरका खरायोलाई प्रशस्त हरियो पोसिलो घास (कोसे वाली बढीमा ४ के. जी. सम्म) दिए पुग्दछ तर बच्चालाई दुध चुसाउने माउलाई बच्चाको संख्या हेरी थप १८% प्रोटिन भएको दाना १००-२०० ग्राम प्रति-दिन दिए पुग्दछ । खरायोको विहान सबेरै र दिउँसो अपरान्हपछि घाँस खाने बानी हुन्छ । घाँस दिनको ३ पटक टाट्नुमा (Rack) दिने व्यवस्था गर्नुपर्दछ । घाँस मलमूत्रसंग मिसियो भने कक्सीडियोसिस रोगको (रातो छेर्ने रोग) समस्या पर्न पाउँछ । दाना दिनको लागि सुहाउँदो, पोखिएर नोक्सान नहुने भाँडाको व्यवस्था गर्नुपर्दछ । 

५. प्रजनन ब्यबस्थापन:

खरायोको गर्भ रहने अवधि जम्मा ३०-३२ दिनमात्र हुन्छ । खरायोले एक पटकमा ६-८ वटा सम्म बच्चा (अधिकतम १६) जन्माउँछ । जन्मदा बच्चाको ज्यानमा रौं हुदैन । आँखा खुलेका हुदैनन् र हिड-डुल गर्न सकदैनन् । बच्चाले २१ दिनपछि ठोस पाहारा खान शुरू गर्ने भएता पनि आमाले करीव ३५ दिनदेखि ४५ दिनसम्म दुध पिलाउदछ। ५-६ हप्तामा प्रामाबाट दुध छुटाउन राम्रो हुन्छ । पोथी खरायो व्याएको दिन पछि व्याएकै दिनमा वा कुनै पनि दिनमा बाली लाग्न सक्दछ । खरायोमा बाली लागेपछि मात्र ओभुलेसन (Ovulation) हुन्छ, अन्यथा हुदैन । उपयुक्त जलवायु र आहारा भएमा खरायो ४ महिनाको उमेरमा ग्रभिणी हुन सक्दछ । छोटा दिनहरू र गर्मी दिनहरूमा बाली लाग्ने क्रम घटेर जान्छ । 

६. फाईदाहरु

  • प्रतिवर्ष बढी बच्चा जन्माउन सक्ने (एक वर्षमा ७-८ पटक व्याउने र साधारणतया एक पटकमा ६-८ बच्चा दिने) क्षमता हुन्छ ।
  • कम लागतमा पनि खरायो पालन व्यवसाय शुरू गर्न सकिन्छ ।
  • कम खर्चमा बढी मासु उत्पादन गर्न सकिन्छ ।
  • खरायोको छाला सौन्दर्य र टोपी आदिमा प्रयोग गर्न सकिन्छ ।
  • खरायो घाँसमात्र खुवाएर पाल्न सकिन्छ ।

७. केही कमजोरीहरू:

  • खरायो जंगली प्रवृतिको पशु हुनाले खुल्ला ठाँउमा होइन खोरमा पाल्नु पर्दछ ।
  • सबै मानिसले खरायोको मासु मन पराउँदैनन् ।
  • बढी गर्मी (३४-३५° से.) हुने क्षेत्रमा खरायोको उत्पादन राम्रो हुदैन ।
  • नेपालमा खरायो सम्बन्धी अनुसन्धानको काम र प्रसार कम छ ।

लेखक : थानेश्वोर पाण्डे

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X