एकीकृत बाली शत्रु व्यवस्थापन(IPM)

एकीकृत बाली शत्रु व्यवस्थापन(IPM) विधिहरू

१. रोग कीरा अवरोधक जातको प्रयोग (Resistant Varieties): रोग कीराले नोक्सानी नहुने वा कम हुने जातको प्रयोग गर्ने ।

२. कृषि कर्ममा आधारित तरिका (Cultural Method): बाली चक्र, बिउ छर्ने वा रोपाइँ गर्ने समयको हेरफेर, खेतको सरसफाइ, उचि त खनजोत, बाली कटानीपछि अवशेष नष्ट गर्ने ।

३. भौतिक तथा यान्त्रिक तरिका (Physical and Mechanical): हातले टिप्ने, अवरोध राख्ने, पासो थाप्ने, अनाज सुकाउने आदि ।

४. जैविक तरिका (Biological Control Method): परजीवी एवं शिकारी कीराका साथै विभिन्न जीव ाणु जस्तै ब्याक्टेरिया (विटी.), फंगस, भाइरस (एन.पि .भि .) र निमाटोडको प्रयोग गर्ने।

५. आकर्षक रासायनिक पदार्थको प्रयोग (Chemical Atractants): विभिन्न आकर्षक रासायनिक पदार्थ जस्तैः मिथाइल युजिनल, क्युलियर र विभिन्न फेरोमेन जस्तैः हेलील्यूर स्पोडोल्यूर आदिको प्रयोग ।

६. घरेलु व्यवस्थापनका विधिहरु

७. हर्मोनको प्रयोगः विभिन्न हर्मोन जस्तै आप्लोरको प्रयोग ।

८.विषादीको प्रयोग (Chemical Control Method): अन्य विधिहरूले नियन्त्रण नभएमा उपयुक्त विषादीको सावध ानी पूर्वक प्रयोग गर्ने ।

 

श्रोत: कृषि तथा पशुपंक्षी डायरी २०७७

https://ekishaan.com/capsicum-production-technology/

How to Identify Poisonous Mushroom??

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles