आलु खेति प्रविधि
परिचय
आलु नेपालको प्रमुख तरकारी बाली हेा र यो सोलेनेसी परीवार अन्तर्गत पर्दछ । यसमा प्रशस्त मात्रामा भिटामिन बी र सी तथा प्रेाटिन, थाएमिन र नायसिन जस्ता खनिज तत्तोहरु पाइन्छ । आलुलाई मुख्यगरि तरकारीको रूपमा प्रयोग गरिन्छ तर औद्योगिक रूपमा चिप्स , फ्रन्च-फ्राइच जस्ता परिकारहरु बनाउने गरिन्छ।
हावापानी र माटो
आलु जाडो यामका हुने बाली हो तर आलुले तुसारो भने सहन सक्दैन । यसको खेती नेपालको तराई देखि लेक सम्म पनी गर्न सकिन्छ। यसको उत्पादन को लागि बर्बराउनु खुकुलो र प्रशस्त मात्रामा प्राङ्गारिक मल भएको पानी नजम्ने खालको बलौटे माटो उपयुक्त हुन्छ भने पिएच ४.५ देखि ५.४ चाईन्छ।
जातहरु
नेपालमा पाईने आलुका जातहरु कुल्फी जेाती ,जनकदेव, काडिनल, डेजीरे, खुमलरातो आदि हुन्।
बीउँ रोप्ने तरीका
आलु रोप्नको लागि बिउको राम्रो छनौट गर्नु आवश्यक हुन्छ । आलु स्वस्थ हुनुपर्छ र त्यसमा आँखाहरू पुष्टभएका तथा हरियेा टुसा आएको हुनुपर्छ । आलुमा कुनै किसिमको पनि चोटपटक लागको हुँदैन । आलुको आकार ठूलो छ भने त्यसलाई टुक्राएर लगाउनुपर्छ तर प्रत्येक बीउमा आँखाचाहिँ हुनुपर्छ । बिउँलाई काट्दा डाइथेन इम-४५ केा झेालमा डुबाइएकेा चक्कुले काट्न पर्छ । आलु ड्याङ वा लाइन बनाई लगाउन सकिन्छ । यदि ड्याङमा लगाउने हो भने ७० से. मी.केा फरकमा र यदि लाइनमा हो भने २५ देखि ३० से.मी.को दुरीमा लगाउनु पर्दछ ।
जमीनको तयारी र मलखादको प्रयोग
रोप्नु भन्दा अगाडि जग्गालाई ३-४ पटक जोत्नु पर्छ र त्यसमा भएका झारपात सबै हटाउनुपर्छ । त्यसपछि राम्ररी पाकेको गोठेमलाइ ४० देखि ५० डेाकेा प्रति रोपनीकेा दरले छरन्र पर्छ । लाइनमा रेापदा बढी उत्पादन हुने भएको हुँदा यो प्रविधि अपनाउन फाइदाजनक हुन्छ । आलुको बीयाबाट खायन आलु खेतिका लागि उच्च पहाड, मध्य पहाड, तराई, भित्री मधेस, बेसि र खोचमा प्रती रोपनी कम्पोस्ट मल १५०० के.जि. डिएपी ११ केजि युरिया ७ केजि र म्युरेट अफ पोटास ५ के जि राख्न पर्दछ।
आलुमा लाग्ने किराहरु र व्यवस्थापनका उपायहरु
१. रातो कमिला
- सिचाईको राम्रो व्यवस्थापन हुनुपर्छ।
- असुरेा वा चिउरीकेा प्रयेाग गर्ने ।
- बाली रेप्नुअगाडि क्लेरपाइरीफसले माटो उपचार गर्ने ।
२. खुम्रे किरा
- काँचो गोबरको प्रयोग नगर्ने ।
- बिजुली बत्तीको प्रेयेग गरेर खपटेकेा माउलाइl गर्ने।
३. आलुको पुतली
- सिंचाइको राम्रो व्यवस्था हुनुपर्छ।
- लक्षण देखिएका पातको छोडेर नष्ट गरिने ।
- गहिराइमा आलु रोप्ने र उकेरा राम्रो संग दिने।
आलुमा लाग्ने रोगहरु र व्यवस्थापनका उपायहरु
१. डडुवा रोग
- खेतबारीको सरसफाइ गर्ने ।
- म्यानकेाजेव ७५% , २.५ gm प्रति लिटर पानीमा ३ देखि ४ चेाटि ७ दिनकेा फरकमा प्रयेाग गर्ने ।
- रोग प्रतिरोधात्मक जातको प्रयोग गर्ने ।
२. एजेरू
- रोग लागेको खेतमा आलु नरोक्ने।
- रोग लागेको खेतबाट बीउ नलिने ।
३. ओइलाउने रोग
- रोग लागेको खेतबाट बीउ नलिने ।
- रोग लागेको खेतमा घुम्ती बालीको प्रयोग गर्ने ।
४. दादे रोग
- स्वस्थ आलुको प्रयोग गर्ने ।
- रोग लागेको खेतमा घुम्ती बालीको प्रयोग गर्ने ।
- रोग लागेको आलु नष्ट गरिदिने ।