आँपको बिराएर फूल्ने/फल्ने समस्या
आँप विभिन्न कारणले गर्दा कुनै एक वर्षमा धेरै फुल्ने/फल्ने र अर्को वर्षमा थोरै फुल्ने/ फल्ने वा फल्दै नफल्ने हुनसक्छ l यसको समाधानमा कृषि वैज्ञानिकहरुले निम्न विधिहरू सफलतापूर्वक पत्ता लगाएका छन् l
- सकेसम्म नियमित फुल्ने/फल्ने आँपका जातहरु लगाउने जस्तै: निलम (Neelum), अम्रपाली (Amrapali), मल्लिका (Mallika), रतना( Ratna) इत्यादि/ दशहरी (Dashehari), लाङ्गारा (Langra), चाउसा(Chausa), र लगायतका जातहरु बिराएर फुल्ने/फल्ने गर्दछन्,
- उचित खाद्य तत्वको नियमित प्रदानगर्ने,
- 4% KNO3 (40 ग्राम प्रतिलिटर पानीमा) वा 600 ppm Etherel (60 mg प्रतिलिटर पानीमा) ले फुल फुल्ने सिजन भएपछि बोट भिज्ने गरी स्प्रे गर्ने, वा,
आँप टिपि सकेलगत्तै, आँप फलेको लामो टुप्पो (Panicle) काटेर हटाउने (Pruning भनिन्छ) र त्यसपछि बोटको फेदमा 40 देखि 50 सेन्टिमिटर अर्धव्यासमा एउटा गोलाकार 20 cm जति गहिरो खाडल खन्ने l आँपको बोट जमिनको सतहमा कति फैलिएको छ (Canopy भनिन्छ), Canopy व्यास (diameter) चित्र 1 मा देखाए अनुसार पत्ता लगाउने l प्रतिमिटर Canopy व्यास भएको आँपको बोटमा 4 ml Paclobutrazol को दरले आवश्यक Paclobutrazol पत्ता लगाउने l यदि बोटको Canopy व्यास 2 meter छ भने, 8 ml Paclobutrazol आवश्यक पर्दछ l आवश्यक Paclobutrazol लाई आवश्यकता अनुसार पानीमा मिसाएर (1L for 4ml Paclobutrazol) बोटको फेदमा खनिएको खाडलमा चारैतिर पर्नेगरी खन्याउने/ त्यसपश्चात, केही महिना कम्तीमा पनि प्रत्येक हप्ता सिँचाइ गरिरहने l सुकेको घाँस परालले फेदमा छोपेर (mulching) भए पनि चिस्यानकायम गर्न सकिन्छ l
आँपको फल झर्ने समस्या र कम गर्ने उपाय
आँपमा 99.9% फुलहरू विभिन्न समयमा विभिन्न कारणले फल लागिसकेपछि पनि झरेर जान्छन्, त्यसैले यो आँप खेतीमा निकै ठूलो समस्या हो l फल झर्ने क्रमलाई कम गर्नका निम्ति निम्न कामहरु गर्न सकिन्छ:
- फुल फुले पश्चात आवश्यकता अनुसार नियमित सिँचाइ गर्ने,
- किरा र रोगको उचित व्यवस्थापन गर्ने,
- फल लागेको 6 हप्तापछि, 50 ppm (50 mg प्रति लिटर पानीमा) NAA र 20 ppm (20 mg प्रति लिटर पानीमा) 2,4-D बोट भिज्ने गरी स्प्रे गर्ने l