Array

अकबरे खुर्सानी खेती

खुर्सानीको राजा मानिने अकबरे खुर्सानी अत्यन्तै पिरो र स्वादिलो हुन्छ।  ठाउँ अनुसार यो खुर्सानी विभिन नामले परिचित छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने यो खुर्सानी व्यवसायिक हिसाबले  प्रचुर सम्भावना बोकेको छ। स्वास्थ्यसम्बन्धी जनचेतना बढे संगै यो  खुर्सानीको माग पनि बढेको देखिन्छ।अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ ।

हावापानी र माटो:  यसको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसका लागि साधारणतया १८ देखि ३२ डिग्री सेल्सियस बिचको तापक्रम राम्रो मानिन्छ । पानी नजम्ने चिम्ट्याइलो तथा  दोमट माटो यसको लागि उत्तम मानिन्छ । माटोको पी.एच. भने  ६ देखि ७ भएको उपयुक्त मानिन्छ ।

बिउको मात्रा: ५०-७५  ग्राम प्रति रोपनी । बीउको  साथ साथै पुराना बोटहरू बाट पनि कतिङ लिएर पनि बेर्ना तयार गर्न सकिन्छ । यसको लागि काटछाट गर्दा निस्किएका  हाँगा बिगा हरुमा दुईवटा गाँठा  हुनु पर्दछ ।

नर्सरीमा बेर्ना उमार्ने तरिका: माटोलाई ३–४  पटक खनजोत गरी माटो बुरबुराउँदो बनाउनु पर्दछ। त्यसपछि एकभाग जङ्गलको माटो, एकभाग पाकेको गोबरमल र एकभाग बालुवा चिम्टाईलो माटोमा मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुनेगरी (वर्षादमा १० ईन्च र हिउँदमा ६ इन्चको उचाई हुने गरी डयाङ्ग बनाउने । यसरी तयार पारिएको ब्याडमा बीउ लाई समान रुपमा छर्कने र माथिबाट माटोले हल्कारुपमा छोप्नुपर्छ । बेमौसमी उत्पादनको लागि बेर्ना तयार गर्दा नर्सरी लाई प्लास्टिकको छानो हाल्नु  उपयुक्त हुन्छ । बीउ रोपेको छ देखि आठ हप्तामा  बेर्ना सार्ने अवस्थाका हुन्छन् ।

जग्गाको तयारी: २ देखि ३ पटक राम्रोसंगसँग खनजोत गरी झारपात केलाएर, डल्ला फुटाएर जग्गा तयार गर्नुपर्छ । चिम्ट्याइलो माटोमा पानी निकासको राम्रो व्यवस्था गर्नुपर्दछ ।  बेमौसमी उत्पादन वर्षा मौसममा गरिने भएकाले वर्षाको पानीबाट जोगाउन र गुणस्तरीय उत्पादनको लागि प्लाष्टिकको छानो हाल्नु उपयुक्त हुन्छ ।

बाली लगाउने समय: 

तराई                                                    साउन-भदौ

पहाड मौसमी उत्पादन                               कार्तिक- फागुन

बेमौसमी उत्पादन                                     असार- साउन

उच्च पहाड                                               फागुन- चैत्र

लगाउने दुरि:

मौसमी उत्पादन ( फागुन-असार ): हार – हारको दुरी ६० से.मी, बोट- बोटको दुरि:३० से.मी (हिउँदमा) र ४५ से.मी (वर्षामा)

 बेमौसमी  उत्पादन (आषाढ- कात्तिक): हार – हारको दुरी ८० से.मी, बोट- बोटको दुरि ६० से.मी

 मलखादको मात्रा:  प्रति बोट कम्पोष्ट १ केजी,  डि.ए.पी. १० ग्राम,  पोटास ५ ग्राम, युरिया १० ग्राम

सिंचाई:  हिउँदमा १०-१५ दिनमा र गर्मीमा ७-१० दिनको फरक वा जमिनको अवस्था हेरी आवश्यक मात्रामा सिंचाई गर्नुपर्दछ |

रोग किराको  व्यवस्थापन: डढुवा/ढुसीबाट हुने रोग, एन्थ्राक्नोज (कोत्रेरोग), मोज्याक भाईरस रोग । स्वास्थ्य बीउ मात्र प्रयोग गर्ने । रोग लागेका बोटहरु हटाउने, जलाउने खेत सफा सुग्घर राख्ने । डढुवा रोगको प्रकोप बढी देखिएमा डाईथेन ४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कनु पर्दछ ।

फेद कटुवा, थ्रिप्स कीरा जस्ता समस्या आएमा रोकथामका  लागि मालाथियन प्रतिलिटर पानीमा राखेर छर्न सकिन्छ । खेतबारीमा सरसफाईको विशेष ध्यान दिनाले किराको प्रकोप कम गर्न सकिन्छ ।

उत्पादन: अकबरेको हकमा प्रति रोपनी ५००  देखि ८०० कि.ग्रा.उत्पादन हुन्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles